• २०८३ बैशाख ११ गते शुक्रवार

१५ किलो चरेशसहित गोरखाबाट ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, गोरखा ।   जिल्लाको अजिरकोट गाउँपालिका-५ चनौटेबाट करिब १५ किलो अवैध लागुऔषध चरेशसहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धार्चे गाउँपालिका-४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका-१० छेपेटार बस्ने ३७ वर्षीय लालबहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा२०च ९३३२ नम्बरको जिपलाई इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखी ल्याउँदै गरेको उक्त चरेशसहित फेला पारेको थियो। चेकजाँचका क्रममा चरेश फेला परेपछि प्रहरीले जिप चालक प्रवीणसमेत ४ जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस