• २०८३ बैशाख २३ गते बुधवार

सही विवरण टिपाएर गणकलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको अपिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबारदेखि सुरु हुने जनगणनामा गणकलाई सही विवरण टिपाएर सहयोग गर्न अपिल गर्नुभएको छ । मुलुकले सङ्घीय शासन प्रणाली अङ्गालेपछि पहिलोपटक भइरहेको यो जनगणनाले प्रदेशस्तरीय विकास एवं नीति निर्माणमा विशेष महत्व राख्ने भन्दै उहाँले अभियान सफल पार्न सर्वसाधारणलाई अपिल गर्नुभएको हो ।

बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ को पूर्वसन्ध्यामा आज अपिल जारी गर्दै मुख्यमन्त्री शाहीले गणकलाई टिपाएका विवरण गोप्य रहने र गोपनीयता भङ्ग गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने हुँदा ढुक्क भएर पारिवारिक तथा वैयक्तिक विवरण दिन आग्रह गर्नुभयो ।

पहिलो चरणमा यही भदौ ३० देखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्यपश्चात् बिहीबार (भोलि)देखि मङ्सिर ९ गतेसम्म दोस्रो चरणअन्तर्गत पारिवारिक तथा व्यक्तिगत विवरणसँग सम्बन्धित ८० वटा प्रश्नावली लिएर गणक घरघर आउँदैछन् । मुख्यमन्त्री शाहीद्वारा जारी अपिलमा भनिएको छ, “प्रदेश सङ्घीयताले जन्माएको नयाँ प्रणाली हो, प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो अध्ययन भएको छैन, अहिले पनि प्रदेशमा आफ्नै तथ्याङ्क छैन, यसपालिको जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक मोडलमा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउनेछ, यो खुसीको कुरा हो ।” साथै उहाँले गणक तथा सुपरीवेक्षकलाई आत्मीय व्यवहार गरेर प्रदेशको विकासमा सहयोग पु¥याउन अनुरोध गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस