• २०८३ बैशाख २० गते आइतवार

मन्त्री छान्न जसपा संसदीय दलको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दैछ। आज बस्ने बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुनेको नाम चयन गर्ने तयारी छ।

जसपाबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागिसकेको र यसवारे थप छलफल गरी सिफारिसका लागि बैठक आह्वान गरिएको छ। बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा शनिबार दिउँसो १ बजे बस्ने सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिए।

जसपाले पहिलो चरणमा दुईजनालाई सरकारमा पठाउने तयारी गरेको छ। आजको बैठकमा दुई नेताको नाम सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ। सांसद अमृता देवी अग्रहरीले बैठकमा संसदीय रणनीति र समसामयिक विषयमा पनि छलफल हुने जानकारी दिइन्।

Sharing

प्रतिक्रिया दिनुहोस