चैत ९, काठमाडौं । कलंकीमा पाकेटमारी गरेर भाग्दै गरेको अवस्थामा प्रहरी जवान महेन्द्र शर्माले भाग्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय सुमन नेपाली छन् । रत्नपार्कबाट थानकोट जाँदै गरेको सार्वजनिक बसमा सवार चन्द्रागिरी–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट ५५ हजार ४ सय रुपैयाँ चोरी भएको थियो । घटनापछि भाग्दै गरेको अवस्थामा नेपालीलाई ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले नियन्त्रणमा लिएका हुन । नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग, कलंकीमा बुझाइएको छ ।