• २०८३ असोज ६ गते मङ्गलवार

जब जब वर्खा तब तब डाेजर, तारकेश्वर नगरपालिका चिसापानिको हालत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौं । तारकेश्वर नगरपालिका चिसापानी वडा नं. ३ र वडा नंं ६ का तारकेश्वरवासीहरुको दैनिकी बेहाल भएकाे छ । नाम नगरपालिका तर ठाउँ चाहिँ हिलाेकाे खाडि बनेकाे छ ।

महिनाैदेखि हजाराै गाडि र माेटरसाईकलहरु चल्न सकेका छैनन । बीगत तीन महिनादेखि निर्माण कार्यमा ज्यादै ढिलासुस्ती तारकेश्वर नगरपालिकाले गरेकाे छ । जनतालाई पैदल हिडनलाई पनि मुस्किल भएकाे बाटाेकाे अवस्थाले नै बताएकाे छ ।

यसै त लकडाउनकाे असर, मुख्य आयआर्जन गर्ने यहि समयमा किसानहरुले लगाएका फाँटकाफाँट हजाराै राेपनिका तरकारीहरु र अन्य व्यवसाय गर्नेहरुकालागी पनि गाडीहरु नचलेकाकारण किसान र व्यवसायीहरु बिचल्लिमा परेका छन् ।

जब जब बर्खा लाग्छ तब तब विकास गर्ने नाममा बाटाेमा डाेजर लगायर बाटाेकाे हरिविजाेग बनाईएकाे छ । त्यस्तै एकसाईडबाट मात्रै भएनि यातायात सुचारु गर्न नगरपालिकाले ध्यानै नदिएकाे जन गुनासाे पनि व्यापक बढेकाे छ । बेलैमा काम नगर्ने ठेकेदारलाई पनि कारवाहिकाे दायरामा ल्याउन जनसाधारणकाे मागसमेत बढेकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस