असार २७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५५ हजार ४ सय ४९ जना पुगेको छ ।
आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३३ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ जना रहेको छ । आज २० जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ जना पुगेको छ ।