जेठ २८, कास्की । नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन । दीपक मनाङेलाई भेट्न पोखरा आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता लामासहित ३ जनालाई ३-३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको हो ।

पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३-३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । हालै प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न आएका लामा निषेधाज्ञा उल्लंघनको आरोपमा प्रक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो ।