जेठ २८, काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप मंगलबारबाट ६० देखी ६४ बर्ष उमेर समुहका नागरीकलाई लगाइदै छ । सबै नागरिकका लागि खोप ब्यवस्थापन भैरहेपनि अहिले सिमित खोप उपलब्ध भएकोले सो उमेर समुहका ब्यक्तिलाई मात्र प्रार्थमिकता दिएको सरकारले जनाएको थियो ।

त्यसै अन्तरगर काठमाडौं बुढानिलकण्ठ नगरपालीकाले पनि विभिन्न खोप केन्द्रहरुमा ६० देखि ६४ वर्ष उमेर समुहलाई खोप लगाउने कार्यक्रम संचालन गरिरहेको थियो ।
जेठ २५ देखि २७ सम्म लगाइने भनीएको खोप विभिन्न कारणले गर्दा २७ गतेलाई स्थगित गरिएको थियो र आज २८ गते लगाइएको थियो । ६० देखि ६४ वर्ष उमेर समुहलाई मात्र दिने भनिएको खोप अन्य उमेर समुहले पनि लाउन पाउनु पर्ने भन्दै बुढानिलकण्ठ नगरपालीका वडा नं १० का स्थानियहरुले खोप केन्द्रमा हुलदङ्गा मच्चाएका छन् । अन्य उमेर समुहले पनि खोप लाउन पाउनु पर्ने भन्दै उनीहरुले खोप केन्द्रमा खटिएका स्वास्थकर्मी, सुरक्षाकर्मी र वडा अध्यक्ष माथी पनि हातपातको प्रयास नै गरेका छन् ।
स्थानियहरुले अहिले यस्तो कोरोना माहामारीको समयमा पनि खोप केन्द्र अगाडी भिडभाड गरेर आफुहरुले खोप लाउन पाउनु पर्ने भन्दै झडपको स्थिति सिर्जना गरेका हुन् ।