• २०८३ बैशाख १५ गते मङ्गलवार

इलाममा आफ्नै श्रीमतीको हत्या अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 जेठ २८,  इलाम । इलामको देउमाई नगरपालिकामा ४ मा श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान मिनेटमा भोजपुरको साबिक ओख्रे ४ घर भई विगत १ वर्षदेखि इलामको देउमाई नगरपालिका- ४ चित्रेमा तुलसिराम आचार्यको घरमा डेरा गरी बस्दै आइरहेका ४५ वर्षीय ताकबहादुर तामाङ पक्राउ परेका हुन् ।

उनले आफ्नै श्रीमती ४६ वर्षकी सुर्जामाया तामाङलाई घरायसी विवादका कारण धारिलो हतियार  प्रयोग गरी घाँटीमा काटेर हत्या गरेको स्थानीयले जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले निज ताकबहादुर तामाङलाई पक्राउ गरेको जनाइएको छ । हत्यामा प्रयोग गरेको धरिलो हतियार पनि बरामद गरेर अनुसन्धान अगाडि बणाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस