• २०८३ बैशाख १९ गते शनिवार

आज नेपालले अस्ट्रेलियाको सामना गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २८, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ । नेपालले कुवेतमा आज आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुका पौने १० बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ । प्रशिक्षक अलमुताइरीले आजको खेलमा अन्य युवा खेलाडीले पनि मौका पाउन सक्ने कुरा बताएका छन् । यसअघि भएको भेटमा नेपाल अस्ट्रेलियासँग ५(० ले पराजित भएको थियो । त्यसैगरी छनौटका अन्य खेलहरुमा चाइनिज ताइपेईलाई पराजित गर्दा जोर्डनसँग पराजित भएको थियो ।

नेपालको सन् २०२२ को विश्वकप फुटबलमा छनोट हुने सम्भावना भने सकिइसकेको छ । यद्यपि नेपालको एसियन कपमा छनौट हुने आशा भने जीवितै रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस