• २०८३ बैशाख १६ गते बुधवार

मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, पर्सा । पर्सा पैहरीले मोटरसाइकल चोरी गर्दै लैजादैं गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका(३१ वेल्वा बस्ने सुरेन्द्र यादवको ना.१९ प ४०२२ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा बहुदरमाई नगरपालिका(४ बस्ने २३ वर्षीय नसिर अन्सारीलाई सोमबार राति पक्राउ गरेको हो ।

यादवको घरको कम्पाउण्डभित्र रहेको उक्त मोटरसाइकलको लक फुटाई चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका(३१ भेडैयाखोलाको पुलमा फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्दाबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस