• २०८३ बैशाख ६ गते आइतवार

जनमोर्चाका थापाको सहयोग पृथ्वी सुब्बालाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, कास्की । गण्डकी प्रदेशमा पुन पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने संभावना देखिएको छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न नसक्ने बताउनु भएसगैं पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने संभावना भएको हो ।

काँग्रेस नेतृत्वको सरकारको पक्षमा हस्ताक्षर गर्न पार्टीले ह्विप जारी गरे पनि पार्टीले जारी गरेको ह्विप उलङ्गन गर्दै जनमोर्चाका संसदीय दलको नेता कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारलाई सहयोग नगर्ने बताउनु भएको छ । जनमोर्चाकै सांसद पियारी थापा र खिम बिक्रम शाहीले भने काँग्रेस नेतृत्वको सरकार बनाउन हस्ताक्षर गर्ने भएका छन् । जनमोर्चाको एक सांसदले हस्ताक्षर नगरेसँगै ठुलो दलको आधारमा मुख्यमन्त्रीमा पुन पृथ्बी सुब्बा गुरुङ आउनुहुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस