• २०८३ बैशाख २९ गते मङ्गलवार

दाङमा कोरोनाबाट एकैदिन आठजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, दाङ । दाङमा कोरोना संक्रमणबाट एकै दिन आठजनाको मृत्यु भएको छ । बेल्झुन्डी कोरोना विशेष अस्पतालमा उपचाररत आठजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा न १९ , ६ , १७,१२,४ का क्रमश : ५२ वर्षीय पुरुष र ७६ वर्षीय पुरुष, ५० वर्षीया महिला ,२७ वर्षीय पुरुष, ७० वर्षीया महिला गरी २ जना महिला र ३ पुरुष गरी ५ जना र घोराहि उपमहानगरपालिका वडा न १३का ४४ वर्षीय पुरुष , गढवा गाउँपालिका ४ का २५ वर्षीय पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस