• २०८३ बैशाख ६ गते आइतवार

स्कटल्याण्डले इङल्याण्डलाई दियो १५३ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २ , काठमाडौं ।  स्कटल्याण्डले इङल्याण्डलाई १५३ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै १९.४ ओभरमा अलआउट हुदै १५२ रन बनाएको हो । स्कटल्याण्डका लागि कप्तान रिची बेरिंगटनले ४९ रन बनाए भने माइकल जोन्सले ३३, टम ब्रसले २४ र ओलिभर डेभिडले २० रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर आदील रशिदले ३, लियाम डावसन र जोफ्रा आर्चरले २-२ विकेट लिएका थिए । त्यस्तै जामी ओभरटन र साम कुरानले एक एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस