• २०८३ असार ३ गते बुधवार

बाँकेका अस्पतालमा थप १५ कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २८, बाँके । कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, आर्मि अस्पतालमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका एकजना गरि थप १५ जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीका अनुसार उनिहरुको मृत्यु सोमबार रातीदेखि मंगलबार दिउँसोसम्म भएको हो । उनका अनुसार मृत्यु हुनेहरुमा बासगढी नगरपालिका–९ बर्दियाका ७३ वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिक–१० बाँकेका ६८ वर्षिय पुरुष, गुलरिया नगरपालिका–६ बर्दियाका २१ वर्षिय पुरुष, सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षिय, बारबर्दिया–६ बर्दियाका ६३ वर्षिया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ बाँकेका ४५ वर्षिया महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ७८ वर्षिया महिला रहेका छन ।

यस्तै कञ्चनपुर पुनर्वास ३ का ६१ वर्षिय पुरुष, बासगढी बर्दियाकी ४२ वर्षिया महिला र ठाकुरबाबा ३ बर्दियाका ४५ वर्षिय पुरुष, बासगढी नगरपालिका–५ बर्दियाका ६० वर्षिय पुरष र कोहलपुर नगरपालिका–८ बाँकेका ६२ वर्षिय पुरुष, बढैयाताल–१ बर्दियाका ८५ वर्षिय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ । यसैगरि एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएर होम आइसोलेसना बस्नुभएका खजुरा गाउँपालिका–२ बाँकेका ८८ वर्षिय पुरुषको समेत मृत्यु भएको छ ।

योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १४८ जना र बाँकेकै १९७ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस