• २०८३ जेष्ठ १ गते शुक्रवार

आजको मौसम : मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जसका कारण देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । बाँकि भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आइतवार दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले देशको पहाडी भू-भागका एक-दुइ स्थानमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैलाई अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस