• २०८३ बैशाख ७ गते सोमवार

दैलेखमा मिनि बस दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, दैलेख। कालिकोटबाट यात्रु बोकेर सुर्खेतका लागि छुटेको मिनि बस दुर्घटनामा परेको छ । २०० ख ०२४७ नम्बरको मिनि बस दैलेखको आठबीस गाउँपालिका -१ को सेलाघाट भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो ।

सो दुर्घटनामा १० जना घाइते भएक छन् । बसमा सवार १६ जना मध्ये १० घाइते भएको र घाइतेमध्ये पनि ७ जनाको अवस्था गम्भीर भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइतेलाइ उपचारका लागि सुर्खेत लगिएको लगिएको जनाइएको छ । एक जना भने गाडीमा च्यापिएकाले निकाल्ने काम भईरहेको बताइएको छ । बाँकी ३ जना सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस