फागुन २७, बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट सामुदायिक वन र सम्झना साुदायिक वन भित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई पाटेबाघले आक्रमणबाट मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका ३ कोठियाघाट बजारकी २७ बर्षीय रिना सुनारको मृत्यु भएको हो ।
बुधबार दिउँसो २ बजेतिर समुहमा घाँस काट्न गएका बेला पाटेबाघले सुनारलाई आक्रमण गरेको थियो । योसंगै बर्दियामा यस बर्ष बाघको आक्रणमा परी ८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय बर्दियाका बाघ आक्रमणबा घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।