माघ २९,काठमाडौँ। थप ८१ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६८ हजार ६ सय ६० जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ५२ जना पुगेको छ ।