• २०८३ बैशाख १३ गते आइतवार

कोरोना परीक्षण शुल्क घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाबाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको छ। निजी क्षेत्रको अस्पतालमा समेत कोरोना परीक्षणको शुल्क घटेको छ । सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा मात्र निःशुल्क हुने स्पस्ट पारेको हो ।

अबदेखि निजी क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले सङ्क्रमितको सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए । गौतमका अनुसार मन्त्रालयले कारोना परीक्षणको शुल्क पनि दुई हजारबाट घटाएर एक हजार मात्र पु¥याएको छध्र अबदेखि कोरोना परीक्षणको शुल्क सरकारी तथा निजी प्रयोगशालामा एक हजार तिर्दा हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस