• २०८३ बैशाख १२ गते शनिवार

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ : भारतीय नेताहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २४, काठमाडौं । छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

dxflwj]zg:yndf ljleGg bnsf cWoIf ;xefuL x’Fb}
sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmd:yn ;xefuL x’Fb} g]kfnL sfFu|];sf ;efklt Pjd k|wfgdGqL z]/axfb’/ b]pjf, g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Ú / g]skf -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs’df/ g]kfnnufot . t:jL/ M k|bLk/fh jGt÷/f;;

उहाँले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पु¥याउने विश्वास दिलाउनुभयो । नेपाली कांग्रेस र भारतीय कांग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेको उहाँको भनाइ थियो । उहाँले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताउनुभयो । उहाँले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पु¥याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।

नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमै उदाहरणीय रहेको आफूले पाएको जनाउँदै यस्तो सम्बन्ध सधैँ रहिरहोस् भन्ने कामना पनि गर्नुभयो । महाधिवेशनको उद्घाटन समारोहमा नेताहरुको सम्बोधन गर्नेक्रम जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस