• २०८३ बैशाख ७ गते सोमवार

कांग्रेसलाई सम्झाउन जान्छु : अध्यक्ष केपी शर्मा ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर २४,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नेकपा एमाले र नेपाली कांग्रेसमात्र रहेको बताएका छन् । एमाले प्रमुख पार्टी भएको र कांग्रेसलाई सही बाटोमा ल्याउनु एमालेको दायित्व रहेको समेत ओलीले बताए ।

वागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू कांग्रेस महाधिवेशनमा शुभकामना दिन जान लागेको र उसलाई सही बाटोमा हिँड्न सम्झाउने समेत बताए ।

ओलीले एमाले र कांग्रेसबाहेक अरु पार्टीको औचित्य नरहेको र उनीहरु पृथ्वीको वरिपरि घुम्ने स्याटेलाइनजस्तै रहेको बताए । अहिले केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको भन्दै प्रचण्ड माधव पक्षमाथि व्यंग्य समेत गरे ।

ओलीले भने, ‘कांग्रेस पूरानो पार्टी हो । त्यसलाई लोकतान्त्रिक मूल्य मान्यतामा हिडाउने कोशिस गर्नु हाम्रो कर्तव्य हो । नत्र एमाले एक्ल हुन्छ । अरु त राजनीतिक पार्टी नै होइनन,पृथ्वीका वरिपरि घेरै स्याटेलाइट हुन्छन् तर ती स्टार होइनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस