• २०८३ जेष्ठ २ गते शनिवार

जनवरी ३१ सम्म अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा रोक लगाउने भारतको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, दिल्ली । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलन नदिने भन्दै भारतले अन्तर्राष्ट्रिय व्यवसायिक उडानमा लगाइँदै आएको रोकलाई सन् २०२२ को जनवरी ३१ सम्म निरन्तरता दिने निर्णय गरेको छ ।

यसअघि उसले १५ डिसेम्बरसम्म मात्र रोक लगाउने निर्णय गरेको थियो । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले १ जनवरीसम्म अन्तर्राष्ट्रिय व्यवसायिक उडान स्थगित भएको जनाएको हो ।

तर, कार्गो र कूटनीतिक उडानमा भने यो नियम लागू हुनेछैन । भारतले ३० भन्दा धेरै देशहरुसँग एयर बबल सम्झौता गरेको छ, सो सम्झौता अनुसारका उडान पनि जारी रहने महानिर्देशनालयले जनाएको छ । भारतमा पछिल्लो समय ओमिक्रोन संक्रमणमा वृद्धि भैरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस