• २०८३ बैशाख १० गते बिहिवार

ताइवान स्वतन्त्रता का नाममा हुने गतिविधि बन्द नभएसम्म तनाव कम नहुनेः प्रवक्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४, बेइजिङ । चिनियाँ मुख्य भूमिका प्रवक्ताले बुधबार ताइवान स्वतन्त्रताू को वकालत गर्ने उत्तेजक कार्यहरू बन्द नभएसम्म ताइवान स्ट्रेटमा तनाव कम नहुने बताएका छन्।स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेंगलियनले ताइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले तथाकथित दुई राज्यू सिद्धान्त र ताइवान स्वतन्त्रताू को वकालत गर्ने तत्त्वहरू र उत्तेजित पार्न बाह्य शक्तिहरूसँगको मिलेमतोमा हुने गतिविधी नै स्ट्रेटमा तनावको ूमूल कारणू भएको बताएका छन् ।

प्रवक्ता झूले पीपुल्स लिबरेसन आर्मीले सञ्चालन गरेको सान्दर्भिक अभ्यास र तालिमले ूताइवानको स्वतन्त्रताू खोज्ने पृथकतावादी गतिविधिहरू र बाह्य शक्तिहरूको हस्तक्षेपलाई लक्षित गरेको टिप्पणी गरेका छन् ।यी अभ्यास र तालिमहरूले चिनियाँ राष्ट्रको समग्र हित र ताइवानका जनताको हितको रक्षा गर्ने उद्देश्य राखेको झूले बताउनुभएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस