• २०८३ जेष्ठ ३ गते आइतवार

विराटनगर महानगरपालिकाका प्रमुखबाट दण्डवत् प्रणामको यात्रा शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, विराटनगर । विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गर्नुभएको छ ।विराटनगर महानगरपालिकाको पोखरियास्थित ठूलो मिलको दुर्गा मन्दिरबाट आज बिहान ११ः२७ बजे यात्रा शुभारम्भ गर्दै छठीमाताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफूले यात्रा लगातार १८ वर्षदेखि गर्दै आएको र विगत छ वर्षदेखि भतिज पराजुलीले पनि सोही यात्रामा साथ दिँदै घाटसम्म पुग्ने गरेको जानकारी दिनुभयो । परोपकार घाटसम्म पुगेर सूर्यमाताको अघ्र्य दिन तीन किमी ५०० मिटर दूरी पार गर्न करिब पाँच घण्टा लाग्ने र यसैको माध्यमबाट विराटनगरवासीलगायत मानव जातिको कल्याण हुने आफ्नो अटुट विश्वास रहेको प्रमुख पराजुलीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस