• २०८३ बैशाख ९ गते बुधवार

सवारी दुर्घटनामा एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, मोरङ । मोरङको बेलबारी नगरपालिका–८, भाउन्नेको जंगलमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

पूर्व–पश्चिम राजमार्गमा मंगलबार राति नम्बर नखुलेको सवारीसाधनले उनलाई ठक्कर दिएको बुझिएको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस