• २०८३ बैशाख १९ गते शनिवार

छठपर्वले सामाजिक एवं सांस्कृतिक एकता सुमधुर बनाउन प्रेरेणा मिलोस् : मुख्यमन्त्री भट्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठपर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरेणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहीनीहरूमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गर्नुभएको हो । साथै उहाँले कोभिड–१९ कारण सहजरूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ छठपर्व मनाउन अनुरोध गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस