• २०८३ असार ७ गते आइतवार

राईको ‘पोलेको मकै’ बजारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज २४, काठमाडौं । बाल साहित्यमा कलम चलाउने लेखक श्रीराम राईको अर्को बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशित भएको छ । सर्जक राईको दोस्रो बालकथा संग्रह बुक्स हिमालयले हालै बजारमा ल्याएको हो ।

साहित्यिक पत्रकारितामासमेत सक्रिय रहेका राईको सार्वजनिक पुस्तक दोस्रो कृति हो । यसअघि उनको बालकथासंग्रह ‘टोली नेता’ प्रकाशनमा आइसकेको छ ।

राईको उक्त कृतिभित्र मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ वटा बालकथा समावेश छ ।

Sharing

प्रतिक्रिया दिनुहोस