• २०८३ भाद्र १३ गते शनिवार

डिउटीमा रहेका प्रहरी कर्मचारी माथि अभद्र व्यवहार गर्ने १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
साउन २६, कास्की । डिउटीमा रहेका प्रहरी कर्मचारी माथि अभद्र व्यवहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-२५ हेम्जा लामाचौतारामा डिउटीमा रहेका प्रहरी कर्मचारी माथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने ६३ वर्षीय रामचन्द्र थापालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-२५ मसिनाबगर सहस्रघाटमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सोही महानगरपालिका-२५ हेम्जा लामाचौतारास्थित सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा फेला पारी प्रहरी कर्मचारीले सोधपुछ गर्ने क्रममा उनले प्रहरी कर्मचारी माथि गालीगलौज, अभद्र व्यवहार गरी हातपात समेत गर्ने प्रयास गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तरगत (अभद्र व्यवहार) मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस