• २०८३ जेष्ठ ८ गते शुक्रवार

काठमाडाैं उपत्यकामा निषेधाज्ञा थप कडा, ८ बजेपछि गाडी चलाउन रोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, २६ काठमाडौं ।   काठमाडाैं उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ।  साउन २८ गतेदेखि भदाै ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको हो ।

अत्यावश्यकबाहेक निजी अनि सार्वजनिक सवारीसाधनमाथि कडा नियम लगाइएको छ। राति ८ बजेभित्र सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्नेछ।

​स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गरिसक्नुपर्ने उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि जारी निषेधाज्ञा साउन अन्तिममा सकिँदै छ।

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले  जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस