• २०८३ बैशाख ११ गते शुक्रवार

राष्ट्रपतिद्वारा मौजुदा मन्त्रिमण्डलमा हेरफेर (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सो हेरफेर भएको हो ।

आज विहीबार सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो । आज थप हुने मन्त्रीहरुमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ आज अपरान्ह ४ बजे शीतल निवासमा हुने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस