जेठ २७,पाकिस्तान । पाकिस्तानमा निरन्तर अरबौं डलरको ऋण थपिँदै जाँदा प्रधानमन्त्री इमरान खानले देशको अर्थव्यवस्थाको विगतमा व्यवस्थापन प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।
इस्लामाबादमा आयोजित एक कार्यक्रममा बोल्दै पाकिस्तानका प्रधानमन्त्री खानले विगतमा लिइएको ऋणले देशको धनसम्पत्ति सिर्जना गर्नुको सट्टा थप ऋणको बोझलाई बढाइदिएको बताएको द न्युज इन्टरनेसनलले जनाएको छ । खानले पाकिस्तान सरकारले देशको ऋण फिर्ता लिन सम्पत्ति निर्माण गर्ने परियोजनामा ध्यान केन्द्रित गरिरहेको बताए ।
पाकिस्तानमा कोभिड–१९ को घटनाहरूको बढ्दै जाँदा भएको आर्थिक अभाव र असर पर्नेलाई राहत प्याकेज बितरण गर्न सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लाई सम्पर्क गर्ने छ । उनले देशमा ऋण थपिइरहेपनि मुख्य चिन्ताको विषय जनतालाई गरीवीबाट हटाउनु रहेको बताएको एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । खानले सरकारले ऋणका लागि आईएमएफसँग कुरा गर्ने बताएका छन् । उनले भनेका छन् पाकिस्तानको अर्थव्यवस्था सुधार हुँदै गइरहेको सकारात्मक संकेतकहरूका बीच महामारीले संकट थपीदिएको बताए । स्रोतः खलाज टाइम्स