• २०८३ बैशाख ५ गते शनिवार

मन्त्रिपरिषद् बैठकपछि प्रम ओली शितल निवासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओली नियमित भेटघाटका लागि राष्ट्रपति भवन शितल निवास पुग्नु भएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सम्पन्न गरी प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुग्नु भएको हो ।

प्रधानमन्त्री बैठकपछि शितल निवास पुग्नु भएको र यो नियमित भेटघाट भएको एक मन्त्रीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस