वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धार्रा संसदमो विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको छ । प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ ।

संसदमा भएको विश्वासको मतको पक्षमा ९३ मत, विपक्षमा १२४ मत र तटस्थमा १५ मत परेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् । एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।