• २०८३ बैशाख २० गते आइतवार

माधव पक्षले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौं । नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

नेकपा एमालेका नेता भिम रावलका अनुसार माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छ ।

केही सांसदहरुले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएपछि माधब पक्ष उक्त विबल्पमा रहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस