• २०८३ बैशाख २० गते आइतवार

सावधानी नअपनाए लकडाउन हुन सक्छ,  प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नका लागि पुनः लकडाउन हुनसक्ने बताउनुभएको छ ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको निर्देशन पालना नगरिएको खण्डमा लकडाउन हुनसक्ने उहाँले बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ ।’

शुक्रबार मन्त्रालयले कोभिड९१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० लाई विद्यालयलगायत भीडभाडयुक्त क्षेत्र बन्द गर्न सिफारिस गरिसकेको छ । अहिले यस विषयमा सिसिएमसीको बैठक भइरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस