• २०८३ बैशाख १० गते बिहिवार

देउवा नेतृत्वको केन्द्रीय समिति अस्ति नै भंग भएको हो, निर्णयप्रति प्रतिक्रिया छैन- गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भंग भएर नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले आफुहरु आधिकारिक काँग्रेस भएको बताउदै बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको बताए ।

सानेपाको केन्द्रीय समिति अस्ति नै भंग भएकाले त्यसले गर्ने निर्णयमा आफ्नो कुनै प्रतिक्रिया नभएको उनले बताए । नेपालको निर्वाचन आयोग र कानुनप्रति विश्वास भएको बताउदै विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी रहेको विश्वले हेरिरहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस