फागुन २६, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष तोकेको छ । राप्रपाको विधानअनुसार बुधबार तीन अध्यक्षहरुको सहमतिमा अध्यक्ष र उपाध्यक्ष तोकिएको हो । जसमा प्रदेश १ का अध्यक्षमा रामकुमार थापा चयन हुनु भएको छ । उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती चयन हुनु भएको छ ।

प्रदेश २ को अध्यक्षमा रामचन्द्र राय चयन हुनु भएको छ । उपाध्यक्षमा सिरहाका महेशलाल महाशेठ चयन हुनु भएको । गण्डकी प्रदेश अध्यक्षमा हेमजंग गुरुङ अध्यक्ष चयन हुनु भएको छ । उपाध्यक्षमा गोरखाका महेश्वर रोक्का चयन हुनु भएको छ ।
लुम्बिनी प्रदेश अध्यक्षमा राप्रपाले प्रदीपकुमार उदय लाई चयन गरेको छ । उहाँ रुपन्देही निवावसी हुनुहुन्छ । त्यस्तै उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ चयन हुनुभएको छ । कर्णली प्रदेश अध्यक्षमा दीपबहादुर शाही चयन हुनु भएको छ । उपाध्यक्षमा जनकसिंह ठकुरी चयन हुनु भएको छ ।