पौष २६, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली १४ तारिखमा भारत भ्रमणमा जाने समेत जानकारी दिए ।
उनले भने, ‘सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको लगायतका विभिन्न विषयमा परराष्ट्रमन्त्रीले भारतसँग छलफल गर्नु हुनेछ ।