पौष २६, काठमाडौँ। नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहमा पहिरो जाने क्रमा निरन्तर चलिरहेको छ । यसैबीच, धनकुटामा संघीय सांसद राजेन्द्र राईसहित सबै तहका जनप्रतिनिधि ओली समूहमा गएपछि प्रचण्ड–नेपाल समूहमा ठूलो पहिरो गएको छ ।
नेकपा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित जिल्लाका सातै स्थानीय तहका प्रमुख र उपप्रमखहरुले ओली नेतृत्वको नेकपामा लाग्ने सामूहिक निर्णय लिएपछि अर्को समूहलाई झड्का लागेको हो ।
