• २०८३ बैशाख ९ गते बुधवार

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २६, रसुवा। मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् ।

लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा.४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस