• २०८३ जेष्ठ ३ गते आइतवार

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, ईलाम । ईलाम रोङ गाउँपालिका-३ कुटिडांडा बस्ने रोहित राईको मे.९ प ५२१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ईलाम पशुपति नगरपालिका-३ बस्ने २५ वर्षीय पासङ तामाङलाई उक्त मोटरसाइकल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल मंगलबार राति चोरी भएको खबर प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका-३ स्थित बुद्ध चोकबाट तामाङले उक्त मोटरसाइकल डोर्‍याई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस