• २०८३ बैशाख १९ गते शनिवार

मेस्सी र एमबाप्पेको गोलमा पीएसजीको जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा क्लब ब्रुग्सलाई ४-१ गोल अन्तरले हराएको छ । मंगलबार राति समूह चरणको अन्तिम खेलमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गर्दा पीएसजीले क्लब ब्रुगलाई पराजित गर्दै उपविजेताको रुपमा  प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्रुग्सका म्याट्स रिट्सले एक गोल फर्काए ।

यससँगै एमबाप्पेले च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए । पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । ब्रुग्स ४ अंक जोडेर समूहको पुछारमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस