मंसिर २३, उदयपुर । उदयपुरको चौदण्डीमा बिहिबार एकै दिन दुई सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाईते भएको छ । मृत्यु हुनेमा सिरहा लहान नगरपालिका–२२ का ३२ वर्षीय ओम बि।क र चौदण्डीगढी नगरपालिका–६ का अन्दाजी ३०र३५ वर्षीय शिक्षक उमेश राई रहेका छन् । प्र २– ०३–००९ प ४८४१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई राती १ बजे दुर्घटना हुँदा बि।कको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरीक्षक ९डिएसपी० बेदप्रसाद गौतमले बताउनु भयो ।
बि।कको चौदण्डिगढी–३ हात्तिसार स्थित फत्तेपुर रामपुर सडक खण्डमा फत्तेपुरबाट रामपुरतर्फ जादैँ गरेको अवस्थामा दुर्घटना भएको गौतमले जानकारी दिनुभयो । बि।कको पछाडी सवार महुलीका २५ वर्षीय बिजय घतानी गम्भीर घाईते भएको छ । उनको धरान स्थित घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पुरा गरी बि।कको लास पोष्ट मार्टमको लागि जिल्ला अस्पताल गाईघाट पठाएको प्रहरीले जनाएको छ ।
यता, सोहि दिन ६ः४० बजे स १० प ३१३३ नम्बरको मोटर साईकल चौदण्डी–६ सातधारेमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा शिक्षक राई घाईते भएका थिए । घाईते राईको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राईको मदन भण्डारी राजमार्ग अन्र्तगत बेल्टारबाट गाईघाट तर्फ आउदैँ गरेको अवस्थामा मोटरसाइकल दुर्घटना भएको थियो ।