• २०८३ जेष्ठ ९ गते शनिवार

युभेन्ट्स समूह विजेता, चेल्सी उपविजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । साविक विजेता चेल्सी बराबरीमा रोकिदा युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगको समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ । समान अंक भए पनि चेल्सी उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति भएको खेलमा घरेलु मैदानमा मोइस किनले १८औँ मिनेटमा निर्णायक गोल गरेपछि युभेन्ट्सले माल्मोलाई १-० ले पराजित गर्‍याे ।

समूहको अर्काे खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ गोल अन्तरमा रोकियो । चेल्सीका टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले १ गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे । जितसँगै १३ अंक बनाएका युभेन्ट्स समूह विजेता तथा उपविजेता चेल्सी नकआउट चरणमा स्थान बनाए । ५ अंकको जेनिट र १ अंकको माल्मो समूह चरणबाटै बाहिर रहे ।

Sharing

प्रतिक्रिया दिनुहोस