कात्तिक २३, डोटी । प्रसूति गराउँँदा गम्भीर स्वास्थ्य समस्यामा परेकी अछामको पञ्चदेवल विनायक नगरपालिका–१ की मनसरा देवकोटाको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उहाँको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि विनायकबाट रेफर गरिएको बताइएको छ । हेलिकोप्टरमार्फत कोहलपुर शिक्षण अस्पतालमा प्रसूति सेवाका लागि लगिएको छ ।