• २०८३ बैशाख १५ गते मङ्गलवार

उपाध्यक्ष रावलको प्रश्न : अपानि १२ झापामा लागु हुने सुदूरपश्चिममा नहुने ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अन्तरपार्टी निर्देशन १४ अपानी १२ को विपरित भएको भन्दै आपत्ती जनाउनुभएको छ । आज बोलाइएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित भन्दै अपानि १२ विपरीत रहेको जनाउनुभयो । अपानी १२ झापामा लागु हुने तर सुदुरपश्चिममा किन नहुने भनि प्रश्न समेत गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने सुपमा लागु नहुने किन रु यहाँको भूमि वाह्य अतिक्रमणमा परेकाले हो कि रु”

Sharing

प्रतिक्रिया दिनुहोस