कात्तिक २३, एजेन्सी । अभिनेत्री तथा मोडल पुनम पाण्डेका श्रीमान् साम बम्बेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । पुनम पाण्डेको उजुरीपछि सामलाई पक्राउ गरिएको हो ।

पूनमले सामले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएर मुम्बई पुलिसमा उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्। रिपोर्टका अनुसार उजुरी दिएपछि पुनमलाई अस्पतालमा भर्ना गरिएको छ । उनको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।
मुम्बई पुलिसका अनुसार बम्बेविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुनमको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ। हाल यस विषयमा थप अनुसन्धान भइरहेको छ ।