• २०८३ जेष्ठ ३ गते आइतवार

१ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ८९८ र एन्टिजेन विधिबाट ३ हजार ४६ जनामा परिक्षण गर्दा १ हजार २७१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७४ हजार ५८७ र एन्टिजेनबाट ८६ हजार २१९ जना पुगेको छ । आज थप १८४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ । निको हुनेको दर ९४.९ प्रतिशत छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९०३ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस