नुवाकोट, २४ भदौ । नुवाकोटको समुन्द्रटारमा बिहीबार बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । राउतबेशीबाट मसेरी बिरामी लिन जाने क्रममा प्र ३ ०१ ०२२ च ५०७१ नम्बरको बोलेरो गाडी झगडे- मसेरी सडकखण्डको डाढ खोला भन्ने ठाउँमा दुर्घटना हुँदा बोलेरोमा सवार मानबहादुर तामाङको घटना स्थलमै मृत्यु भएको राउतबेशीका असाई अमरसिंह भुषालले जानकारी दिए ।
बोलेरो सडकबाट करिब ६० मिटर तल खसेर अड्कीएको उनले बताए । बोलेरोका चालक माईला भनिने बिजय तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।